PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भारत फेरि पराजित



पहिलोपोस्ट

भारत फेरि पराजित
Photo: Getty Images

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

सुरुवाती ब्याटिङ गरेको भारतका लागि रबीन्द्र जडेजाले सर्वाधिक अभिजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३, केएल राहुलले १८, रोहित शर्माले १४ र ऋषभ पन्तले १२ रनको योगदान दिए।

भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिँदा इस सोधिले २ विकेट तथा टिम साउथी र एडम मिल्नेले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले डार्यल मिचेलेको ४९ रन र कप्तान केन विलियमसनको अविजित ३३ रनको सहायतामा सहजै लक्ष्य पुरा गर्‍यो। त्यसबाहेक मार्टिन गुप्तिलले २० रन बनाउँदा ड‍ेभोन कोनवे २ रनमा अविजित रहे।

भारतका लागि जसप्रित बुमराहले २ विकेट लिए।

जारी विश्वकपमा भारतको यो लगातार दोस्रो हार हो। यसअघिको खेलमा भारतले पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell