PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

स्कटल्याण्डमा प्रधानमन्त्री देउवा : आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने, भोलि मोदीसँग वार्ता



पहिलोपोस्ट

स्कटल्याण्डमा प्रधानमन्त्री देउवा : आज कोप-२६ सम्मेलनलाई सम्बोधन गर्ने, भोलि मोदीसँग वार्ता
तस्विर : रासस

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन स्कटल्याण्ड पुगेका छन्।

नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा समिट हुँदैछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा आइतबार राति ग्लास्गो पुगेका हुन्।

देउवाले सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै देउवाले विभिन्न देशका प्रमुख एवम् विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने बताइएको छ।

मंगलवार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग देउवाले द्विपक्षीय भेटवार्ता गर्नेछन्। सोही दिन उनले श्रीलंकाका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री देउवा नेपालबाट शुक्रबार राति लण्डन पुगेका थिए। शनिबार र आइतबार लण्डनमा उनले बेलायती सांसदका साथै विभिन्न संघसंस्थाका पदाधिकारीहरुसँग भेटवार्ता गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell