PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

मनाङ जाँदै राष्ट्रपति भण्डारी, बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने



पहिलोपोस्ट

मनाङ जाँदै राष्ट्रपति भण्डारी, बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने
फाइल फोटो : राष्ट्रपतिको कार्यालय/रासस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सोमवार मनाङ जाने कार्यक्रम तय भएको छ अवलोकन भ्रमणका लागि उनी आज मनाङ जान लागेकी हुन्। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमवार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।

भण्डारीले गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षतिको विवरण लिने र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ।

यस जिल्लाका हिमाली क्षेत्रमा समेत गत असारको बाढीपहिराले प्रभाव पारेको छ। यसको न्यूनीकरण गर्न तथा बाढीले ध्वस्त बनाएका यातायात विद्युत्लगायतका स्थानीय संरचनाहरूको पुनःनिर्माणका लागि स्थानीय सरकारका जनप्रतिनिधिले प्रयास गरिरहेका छन्।

बाढीका कारण केही समय यातायातबाट विच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ। त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः संचालनमा ल्याइएको छ।

साथै, उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण समेत गर्नेछिन्। आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell