PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

टोकियोमा रेलभित्र जोकरको भेषमा आएका व्यक्तिद्वारा छुरा प्रहार, १७ जना घाइते



पहिलोपोस्ट

टोकियोमा रेलभित्र जोकरको भेषमा आएका व्यक्तिद्वारा छुरा प्रहार, १७ जना घाइते
Photo : Issei Kato/Reuters

ब्याटम्यानको जोकर कस्ट्युम लगाएका एक व्यक्तिले टोकियोको ट्रेन लाइनमा छुरा प्रहार गरेको छ। आइतवार राति कोकुरयो स्टेशनको केइयो ट्रेन भित्र भएको उक्त घटनामा १७ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

हलोविन मनाउनका लागि ठूलो संख्यामा सिटी सेन्टर जाँदै गरेको यात्रुहरुबिच ती व्यक्तिले छुरा चलाएको र त्यसपछि आगो लगाएको बताइएको छ।

सुरुमा यात्रुहरुले ती व्यक्तिको क्रियाकलाप हलोविन स्टन्ट भएको अनुमान गरेका थिए। तर, पछि रगत भएको चक्कु बोकेर युवक देखेपछि रेलमा भागदौड मच्चिएको थियो।

आक्रमण गर्ने युवकलाई पक्राउ गरिएको छ। प्रहरीले घटनाबारे हाल अनुसन्धान गरिरहेको छ। आक्रमणकारीले सार्वजनिकस्थलमा किन आक्रमण गरे भन्ने अझै खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell