PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

दु:खको निर्वाण के हो ? मिनर्वादेवीको गीतमा खोजिँदैछ उत्तर



पहिलोपोस्ट

दु:खको निर्वाण के हो ? मिनर्वादेवीको गीतमा खोजिँदैछ उत्तर
तस्विर : रवि सायमि/फेसबुक

विश्वमा सायदै कोही मानिस होला जसलाई दु:ख नहोस्। उसले आफूलाई दु:ख छ भनेर नभनेको बिरैले होला। तर, उसले के दु:खलाई बुझेको छ ? कि उसले आफ्नो सुखलाई पनि दु:ख भन्दै निराश बन्दैछ?

यही प्रश्नको उत्तर लिएर आएको छ नेपालभाषाको गीत ‘दु:ख दु:ख सकसितत दु:ख’ (दु:ख दु:ख सबैलाई दु:ख)। मिनर्वादेवी शाक्य बज्राचार्यको स्वर रहेको उक्त गीतको शब्द संघरत्न शाक्यले लेखेका हुन्। रवि सायमिले निर्देशन र सम्पादन गरेको उक्त गीत आइतवार एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो। गीत हाइटेक इन्टर्टेन्मेन्टको युटयुव च्यानलमा समेत हेर्न सकिने निर्माण पक्षले जनाएको छ।

गायिका मिनर्वादेवीले दु:खबाट मुक्त पाउन गौतम बुद्धको नैतिक ज्ञान सबैले पालना गराउने मर्म गीतको रहेको बताइन्। गीतका सर्जक शाक्यले भने विश्वमा विभिन्न किसिमका मानिस रहेको र उनीहरुको दु:खको व्याख्या फरकफरक रहेको भन्दै दु:खको निर्वाणका लागि गीत लेखेको बताए।

कार्यक्रममा इजरायलका लागि पूर्व नेपाली राजदूत अन्जान शाक्यले बुद्धको नाम लिएरमात्रै नभइ बुद्धको उपदेश पालना गरे दु:खको अर्थ बुझ्न सजिलो हुने बताइन्। उनले इजरालयमा रहँदा द्विपक्षिय सम्बन्ध विस्तारमा उल्लेख्य काम गरेको समेत बताइन्।

गीतमा बुद्धको उपदेश पालना गरे दु:खको निर्वाण हुन सक्ने विषयलाई प्रस्तुत गरिएको छ। गीतमा धम्मावती गुरुमाले दु:ख र भगवान् गौतम बुद्धको उपदेशबारे दिएको ज्ञान समेत समेटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell