PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सवारी दुर्घटनामा एक युवकको मृत्यु



पहिलोपोस्ट

सवारी दुर्घटनामा एक युवकको मृत्यु

दमौलीः तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नम्बरको विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो। उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएका छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell