PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दोस्रो दिन पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी प्रर्दशनमा, सुरक्षा व्यवस्था कडा बनाइयो



पहिलोपोस्ट

दोस्रो दिन पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै कानुन व्यवसायी प्रर्दशनमा, सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै दोस्रो दिन पनि कानुन व्यवसायीहरुल प्रर्दशन गरेका छन्।

आइतवार बिहान हातमा कालोपट्टी बाँधेर नेपाल बार एसोसिएनका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसमा आन्दोलनमा उत्रिएका थिए। त्यसै गरि सोमबार पनि कानुन व्यवसायीहरु विरोधमा उत्रिएका हुन्।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राखेपछि बार चरणबद्ध आन्दोलनमा उत्रेको हो। बारले तिहारअघि चार दिनसम्म लगातार आन्दोलन गर्ने जनाएको छ। १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम बारले तय गरेको छ।

प्रर्दशनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell