PahiloPost

Jun 23, 2024 | १० असार २०८१

के भारत अझै टी २० विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ ?



पहिलोपोस्ट

के भारत अझै टी २० विश्वकपको सेमिफाइनलमा पुग्न सक्छ ?
Photo: BCCI

आईसीसी टी २० विश्वकप अन्तर्गत आइतवार भारतले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार ब्यहोर्‍यो। पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतको खराब लय कायमै रहे पछि प्रश्न उठ्न थालेको छ : के भारत अझै सेमिफाइनलमा पुग्न सक्छ ?

प्रतियोगिता अघिसम्म उपाधिको प्रबल दाबेदार मानिएको भारत दुई खेल खेलेर पनि अंकबिहीन छ। भारत रहेको समूह 'बी'मा पाकिस्तान लगातार तीन जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ भने ३ खेलमध्ये दुईवटामा जित निकालेको अफगानिस्तान ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै, न्युजिल्याण्ड र नामिबिया २-२ खेल खेलेर एक जित र एक हार ब्यहोर्दै २ अंक जोडेर क्रमश तेस्रो र चौथो स्थानमा छन्। लगातार दुई खेलमा पराजय ब्यहोरेका भारत र स्कटल्याण्ड अंकबिहीन हुँदै तालिकाको पाँचौ र छैटौं स्थानमा छ। र, होडबाजी शीर्ष दुईको छ। जसमा पाकिस्तान सबैभन्दा बलियो देखिएको छ।

'मलाई लाग्दैन हामी ब्याट र बल दुबैमा पर्याप्त बलिया थियौं,' भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डसँगको म्याचपछि भनेका थिए, 'जब तपाईं भारतीय क्रिकेट टिमबाट खेल्नुहुन्छ तपाईंमाथि धेरै अपेक्षाहरु हुन्छन्। फ्यानबाट मात्र होइन, खेलाडीकै पनि।'

भारतले अब नोभेम्बर ३ मा अफगानिस्तान, नोभेम्बर ५ मा स्कटल्याण्ड र नोभेम्बर ८ मा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

हाल भारतको रनरेट -१.६०९ छ। अर्थात भारतलाई सेमिफाइनल पुग्ने बाँकीका खेलमा जितमात्रै निकालेर पुग्दैन। विपक्षी टोलीलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने थप चुनौति उसको सामु छ। 'नेट-रनरेट'को कुरा गर्दा भारतका लागि चुनौति अफगानिस्तान हुनेछ जसको ४ अंक छ र रनरेट पनि +३.०९७ छ। जुन प्रतियोगितामा इङ्ग्ल्याण्ड पछिको राम्रो रनरेट हो।

नोभेम्बर १ सम्मको प्वाइन्ट्स टेबल


अबुधाबीमा हुने खेलमा भारत अफगानिस्तानसँग पराजित हुने हो भने भारतको टी २० विश्वकप यात्रा सेमिफाइनल नपुग्दै टुंगिनेछ। यद्यपि, भारतले फराकिलो अन्तरले अफगानिस्तानसँग जित हासिल गरेमा भारतीय टिमको सेमिफाइनल पुग्ने यात्रा जारी रहनेछ। अरु टोलीसँग पनि रनरेट सुधार्दै भारतले खेल्नुपर्नेछ।  त्यसपछि भारतको अपेक्षा अफगानिस्तानले न्युजिल्याण्डमाथि साँघुरो जित निकालोस् भन्नेमा हुनेछ।

भारतको नामिबिया र स्कटल्याण्डबिचको खेलपनि बांकी छ। नामिबियाको हाल प्‍वाइन्ट्स टेबलमा २ अंक छ भने स्कटल्याण्डको शून्य अंक। यी दुवै टीमको लक्ष्य भारतलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्नु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell