PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

केही दिनदेखि राहदानी विभागमा किन लागिरहेको छ सेवाग्राहीको भीड ?



पहिलोपोस्ट

केही दिनदेखि राहदानी विभागमा किन लागिरहेको छ सेवाग्राहीको भीड ?

काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरूको भीड लागेको छ।

बिहानैदेखि सेवाग्राही लाइनमा भेटिन्छन्। केही वर्षअघि पासपोर्ट बनाउन यस्तै भिडभाडको सामना गर्नुपर्थ्यो तर पछिल्ला केही वर्षदेखि विभागमा यस्तो चाप छैन।

तर केही दिनदेखि भने पहिलेको झैँ भिडभाड बढेको छ। आखिर किन बढिरहेको छ  भीड? आइतबार मात्र विभागमा करिब ५ हजार सेवाग्राही पुगेका थिए। पुगेका सबैको काम भएको थिएन।

'यो डिभीको कारणले भएको भिडभाड हो। ८० प्रतिशत मानिस भीड भर्नको लागि पासपोर्ट बनाउन आएका हुन। अरू समयमा यस्तो भीड थिएन। दुई सातादेखि भने सेवाग्राही चाप देखिएको छ,'राहदानी विभागका प्रवक्ता सरदराज आरनले भने।

सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्थ्यो। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधारण लाइनमा बसेका थियो। आइतबार सेवाग्राहीको भीड भएपछि विभागले टोकन सिस्टम गरेको छ। आइतबार २ हजार सेवाग्राहीको काम भएको थियो। बाँकीलाई  सोमबार र मंगलबारको टोकेन दिएर पठाइएको विभागका प्रवक्ता सरदराजले बताए।

'पाँच हजारलाई एकै दिन सेवा दिन ग्राहै छ। त्यसैले हिजो बाँकीलाई दुई दिनको टोकन दिएर पठाएका छौँ। सेवाग्राहीको चापलाई हेरेर केही व्यवस्थापन समेत गरेका छौँ,' प्रवक्ता सरदराजले भने।

सामान्य समयमा विभागमा प्रत्येक दिन औसत १ हजार सेवाग्राही पासपोर्ट बनाउन पुग्थे। तर दुई सातादेखि भने पासपोर्ट बनाउन पुग्ने सेवाग्राहीको सङ्ख्या दोब्बर भएको छ। अमेरिकाले डिभि भर्ने पासपोर्ट अनिवार्य गरेपछि सेवाग्राहीको चाप देखिएको हो। सन् २०२३ को लागि असोज २० गतेदेखि कार्तिक २३ गतेसम्म डिभी भर्ने समय तोकिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell