PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा



अनन्तराज न्यौपाने

प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

मोरङ : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन्। आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्।

एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो।

जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजीनामा दिनु परेको मुख्यमन्त्री आचार्यले बताएका छन्।

केन्द्रमा सत्तारुढ गठबन्धनले प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार हुन्। यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भने कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्नुपर्ने बताउँदै आएका छन्। कांग्रेसभित्र एउटा खेमा आलोपालो मुख्यमन्त्रीको पक्षमा छ। तर, संस्थापन पक्षले भने केन्द्रमा भएको सहमति पालना गर्न प्रदेश कमिटीलाई निर्देशन दिइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell