PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

मेरो नेतृत्वमा तिहार अगाडि नै प्रदेश नम्बर १ मा सरकार बन्छ : राजेन्द्र राई



पहिलोपोस्ट

मेरो नेतृत्वमा तिहार अगाडि नै प्रदेश नम्बर १ मा सरकार बन्छ : राजेन्द्र राई

मोरङः नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद राजेन्द्र राईले आफ्नो नेतृत्वमा प्रदेश नम्बर १ को सरकार गठन हुने बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि सांसद राईले आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सांसद राईले तिहार अगाडि नै सरकार गठन हुने दाबी गरे।

'मेरो नेतृत्वमा सरकार बन्छ। सानो मन्त्रिपरिषद् तिहार अगाडि नै गठन हुन्छ,' उनले भने। तर, कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल हुने उनले बताए। 

प्रदेश १ मा समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति केन्द्रमा भएपनि प्रदेशका कांग्रस सांसदहरु असन्तुष्ट छन्। मुख्यमन्त्रीको दाबेदारी देखि मन्त्रालयको संख्यालाई लिएर प्रदेशसभा सांसदहरुले केन्द्रको आलोचना गरिरहेको बताइन्छ।

आज दिउँसो संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन्। नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिनुपर्ने थियो। तर, प्रदेशसभामा संख्या नपुग्ने देखेपछि उनले राजीनामा दिएका हुन्।

एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका हुन्। जनताको विश्वास भएपनि संसदको अंकगणितको कारण राजीनामा दिनु परेको आचार्यले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell