PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने



पहिलोपोस्ट

मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने
फाइल फोटो : मुख्यमन्त्री पदको शपथ लिँदै राजेन्द्र पाण्डे

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन्। पाण्डेले कात्तिक २२ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका हुन्। त्यसका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र पठाइसकेका छन्।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

संविधानमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेका मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरिएको छ। यही आधारलाई टेकेर उनले विश्वासको मत लिन लागेका हुन्। ।

पाण्डेले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। यससँगै मन्त्रालयको संख्या पनि बढाइने भएको छ।

केही मन्त्रालय फुटाएर संख्या बढाउने तयारी रहेको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका नेता शालिकराम जम्कट्टेलले जानकारी दिए।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट पाण्डे मुख्यमन्त्री बनेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell