PahiloPost

May 15, 2024 | २ जेठ २०८१

केपी ओली देशको सेन्टर हो, बाँचुन्जेल निशर्त साथ दिन्छु : प्रभु साह



पहिलोपोस्ट

केपी ओली देशको सेन्टर हो, बाँचुन्जेल निशर्त साथ दिन्छु : प्रभु साह
File Photo

काठमाडौं : नेकपा एमालेका नेता प्रभु साहले नेकपा माओवादी केन्द्रले कांग्रेसँग सहकार्य गरिरहेकोमा आपत्ति जनाएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा साहले कम्युनिस्टको भोट लिएर कांग्रेसलाई साथ दिएर माओवादीले गद्दारी गरेको आरोप लगाए।

'कम्युनिस्टको एउटा खेमाको काम गद्दारी गर्ने हो भने अर्कोको काम  साचो बोल्ने हो। कम्युनिस्टको भोट लिने कांग्रेसलाई साथ दिने ठगी गर्नेहरु पनि छन्,' उनले भने।

साहले एमाले अध्यक्ष केपी शर्मा ओली बाँचुन्जेल निशर्त साथ दिने घोषणा समेत गरेका छन्। केही सयमअघि सम्म ओलीसँग असन्तुष्ट रहेका साह एमालेमा सक्रिय भएपछि उनले उक्त घोषणा गरेका हुन्।

'जिउँदो रहन्जुले केपी शर्मा ओलीलाई निशर्त साथ हुनेछ। केपी शर्मा ओली भनेर मैले बुझेको देशको एउटा सेन्टर हो। निर्धक्क ढंगले अगाडि बढेर हामी केही गर्न सक्छौ। कम्युनिस्टलाई एकीकृत गर्ने काममा लाग्नुभएको छ,' साहले भने।

उनले २ नम्बर प्रदेशमा अघिल्लो चुनावमा भएको पराजयको क्षतिपुर्ति हुनेगरि जित हुने बताए।

भने,'निर्वाचनमा हामीले हेरेका थियौं। अब २ नम्बर प्रदेशमा दुनियालाई देखाउने गरी त्यसको क्षतिपुर्ति हुनेगरी चुनावमा देखाउने छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell