PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

मनाङको स्याउ फार्म अवलोकन गर्न पुगिन् राष्ट्रपति भण्डारी, उठाइन् जलवायु परिवर्तनको मुद्दा



पहिलोपोस्ट

मनाङको स्याउ फार्म अवलोकन गर्न पुगिन् राष्ट्रपति भण्डारी, उठाइन् जलवायु परिवर्तनको मुद्दा
तस्विर : रासस

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ भ्रमणका क्रममा ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा रहेको स्याउ फार्मको अवलोकनमा पुगेकी छिन्।

सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनमा उनी पुगेकी हुन्।  यो स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो।

एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने भण्डारीले बताइन्।

भण्डारीले गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षतिको विवरण लिने र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।

वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै उनले यसको संरक्षणका लागि मानव जातिको मुख्य भूमिका रहेको बताइन्। साथै, सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्नमा जोड दिइन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell