PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डान्सर सुशान्त खत्रीको प्रहरी माथि आरोप : घिसारेर क्लबबाट निकाल्यो अनि एक थप्पड हान्यो



पहिलोपोस्ट

डान्सर सुशान्त खत्रीको प्रहरी माथि आरोप : घिसारेर क्लबबाट निकाल्यो अनि एक थप्पड हान्यो

काठमाडौंः चर्चित डान्सर सुशान्त खत्रीले आफूलाई बिना कारण नेपाल प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। उनले आफूलाई नेपाल प्रहरीले झापड हानेको बताएका छन्।

फेसबुकमा लाइभ गर्दै डान्सर सुशान्तले प्रहरीले आफूलाई बिना कारण हातपात गरेको आरोप लगाएका हुन्। उनी आइतबार राती ठमेलको सिनेट क्लबमा गएका थिए। क्लबबाट निस्किदा प्रहरीले आफूलाई घिस्राएर बाहिर ल्याएर निकालेको र एक झापड हानेको उनले बताए।

'म क्लबबाट निस्किन लागेको थियो। तर बिल तिर्न बाँकी थियो। प्रहरीले बाहिर निस्किभन्दा मैले बिल तिरेर जान्छु भने। तर उहाँहरूलाई मैले बिल तिरिसकेको असमझदारी भएछ। मेरो काँध बेस्सरी समात्नुभयो। म ज्याकेट लगाएर जान तयार छु भन्दा हात समातेर बाहिर घिस्राएर लग्नुभयो। त्यसपछि मलाई एक थप्पड हान्नुभयो,' उनले लाइभमा भनेका छन्।

सुशान्तले आफू गलत नभएको भन्दै यसको यसमा आफू कानुनी बाटो रोज्ने चेतावनी दिएका छन्। सुशान्तले आफ्नो बाबु पनि प्रहरी भएकाले सधैँ प्रहरीलाई सम्मान गर्ने उनले बताए।

महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दुर्गा दाहालले यस घटना बारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

'मलाइ थाहा भएन। के भएको हो बुझ्छु,' डिएसपी दाहालले भने।

केही समय अगाडि गायिका आस्था राउत पनि प्रहरीले दुर्व्यवहार गरेको भन्दै चर्चामा आएकी थिइन्। तर पछि प्रहरीको भन्दा गायिका राउतको नै गल्ती देखिएपछि माफी मागेकी थिइन्।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell