इङ्ग्लिस क्लब टोटेनहमले प्रशिक्षक नुनो एस्प्रेटियो सान्तोलाई बर्खास्त गरेको छ। म्यानचेस्टर युनाइटेडसँगको खेलमा ३-० ले पराजय ब्यहोरेसँगै प्रशिक्षकको नियुक्ती पाएको ४ महिनामै पोर्चुगिच प्रशिक्षक नुनोलाई टोटेनहमले बर्खास्त गरेको हो।
टोटेनहमले पछिल्ला सात खेलमध्ये पाँच खेलमा पराजय ब्यहोरेको छ।
'मलाई थाहा छ नुनो र उनका कोचिङ स्टाफ सफल हुन चाहन्थे। र, यो निर्णय लिनुपरिरहँदा मलाई दु:ख लागेको छ।' टोटेनहमका मेनेजिङ डिरेक्टर फाबियो पाराटिकीले भने।
४७ वर्षे नुनो दुई वर्षको करारमा वुल्भ्सबाट टोटेनहम पुगेका थिए। १० खेलबाट १५ अंक जोडेको टोटेनहम अंकतालिकाको ८ औं स्थानमा छ।
