PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

५३३ संक्रमित थपिए, ६५ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

५३३ संक्रमित थपिए, ६५ हजार बढीले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको कोभिड १९ परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ।

यस्तै, ४९० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ।

संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४१६ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। सरकारले चैत महिनाभित्र लक्षित समूहलाई खोप दिने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell