PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

बारको विरोध जारी रहँदा सर्वोच्च परिसरको सुरक्षामा यस्तो कडाई

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै नेपाल बार एसोसिएसनले विरोध जारी राखेको छ। आइतवार बिहान हातमा कालोपट्टी बाँधेर शुरु भएको आन्दोलन आज तेस्रो दिन पनि जारी रह्यो।

बारका अध्यक्ष अध्यक्ष चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु बार परिसरमा आन्दोलनमा उत्रिएका थिए। कानुन व्यवसायी धर्नामा बस्दा सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था भने कडा पारिएको थियो।

प्रधानन्यायाधीश जबराले सत्तासँग साझेदारी खोजेर न्यायालयको इतिहासमै सर्वोच्च अदालतमा धब्बा निम्त्याएको आरोप लगाउँदै न्यायाधीशहरुले इजलाससमेत बहिस्कार गर्दै आएको छ। यही आरोपमा नेपाल बार एसोसिएसनले आन्दोलन शुरु गरेको हो। बारले भोलिसम्म कालो पट्टी बाँधेर धर्ना दिने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको छ।

बारले यसअघि जबरालाई पदबाट राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै बारले भोलिसम्म लगातार आन्दोलन गर्ने र राजिनामा नआए तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell