PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति



पहिलोपोस्ट

सन् २०३० सम्ममा वन विनाश रोक्न विश्वका नेताहरुबिच सहमति

विश्वका १०० भन्दा बढी राष्ट्रका नेताहरुले सन् २०३० सम्ममा वन विनाशा रोक्न सहमति गरेका छन्। स्कटल्याण्डको ग्लासग्लोमा आयोजित कोप२६ वातावरण सम्मेलनका क्रममा नेताहरुबिच यस्तो सहमति बनेको हो।

अमेजन जंगल रहेको ब्राजिलले समेत उक्त सहमतिमा हस्ताक्षर गरेको छ। वातावरणविद् एवम् सरोकारवालाहरुले नेताहरुबिच भएको सहमतिको स्वागत गरेका छन्। यद्यपि, वन विनाश कम गर्ने भनि सन् २०१४ मा भएको सहमति कार्यान्वयन नभएको उनीहरुले याद दिलाएका छन्।

वन विनाशका कारण विश्वभर तापक्रम वृद्धि भएको र जलवायु परिवर्तनको असर बढ्दै गएको वैज्ञानिकहरुले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell