PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढल्यो, धेरै फुर्ति नलगाए हुन्छ : रेणु दाहाल



पहिलोपोस्ट

ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढल्यो, धेरै फुर्ति नलगाए हुन्छ : रेणु दाहाल
तस्विर : रेणु दाहाल/फेसबुक

काठमाडौं : भरतपुर नगरपालिकाकी प्रमुख रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता माओवादीले साथ छाड्ने बित्तिकै ढलेको बताएकी छिन्। ओली माओवादीकै सहयोगमा दुईपटक प्रधानमन्त्री बनेको भन्दै उनले ओलीलाई अब फेरि निर्वाचनमा जितेर देखाउन चुनौतिसम्म दिइन्।

सोमबार चितवनमा ओलीले आफूले प्रचण्डका लागि दुई-दुईपटक मत माग्न आएकोमा गल्ती गरेको भनेका थिए। यस्तै, ओलीले रेणु दाहाल मत पत्र च्यातेर जितेको र कांग्रेसले रेणुलाई बोकेको देख्दा आफूलाई अच्चम लागेको बताएका थिए।

त्यसैको उत्तरमा रेणुले आज सामाजिक संजालमा ओलीकै क्षेत्रमा मत माग्न बिरामी सीता दाहाललाई छोडेर प्रचण्ड झापा आएको बताए। त्यही समयमा प्रकाश दाहालको मृत्यु भएको भन्दै उनले तयसबेला घरमा कोही भएको भए प्रकाशको ज्यान जोगिन सक्ने समेत बताएकी छिन्। यस्तो अवस्थामा प्रचण्डले ओलीको साथ नछोडेको भन्दै रेणुले अहिले आएर ओलीलाई धेरै ठूला कुरा गर्न र फुर्ति नलगाउन समेत भनेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell