PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ग्लास्गोमा जलवायु परिवर्तनबारे बहस भइरहँदा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय बाहिर प्रदर्शन

ग्लास्गोमा जलवायु परिवर्तनबारे बहस भइरहँदा पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालय बाहिर प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : अहिले स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) आयोजना भइरहेको छ। नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ।

उता विश्वका नेताहरु जलवायु नियन्त्रणबारे बहस गरिरहँदा यता ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा प्रदर्शन भएको छ। डा गोविन्द केसीको नेतृत्वमा जलवायु प्रदर्शन रोक्न, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा भइरहेको परिवर्तन कम गर्ने उपाय खोज्न, वन विनाश रोक्न लगायतका मागहरु राखि प्रदर्शन गरिएको थियो।

सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ।

विश्वका नेताहरुबिच सन् २०३० सम्म वनविनाश रोक्ने सहमति भएको छ। यस्तै, रुख काट्ने क्रिया रोक्न धेरै कम्पनीहरुले सहमति जनाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell