PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राजेन्द्र राई बने प्रदेश १ का तेस्रो मुख्यमन्त्री, पाँचजना मन्त्रीले पनि सपथ लिँदै



पहिलोपोस्ट

राजेन्द्र राई बने प्रदेश १ का तेस्रो मुख्यमन्त्री, पाँचजना मन्त्रीले पनि सपथ लिँदै

काठमाडौं : प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन्। भीम आचार्यले राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

राईले आजै सपथ लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री कार्यालयले सपथ ग्रहणको व्यवस्था मिलाइरहेको छ। राईसँगै आज पाँचजनाले मन्त्री पदको सपथ लिने तयारी समेत भइरहेको छ। गठबन्धनबाट मन्त्री बन्नेहरुको नाम भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयको विषयलाई लिएर गठबन्धन भित्र छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell