PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सम्मानजनक बहिर्गमन चाहिए प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

सम्मानजनक बहिर्गमन चाहिए प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन आग्रह गरेका छन्। पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने बताएका हुन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश जबराले केही दिन अघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि उनले छिटो राजीनामा दिनुपर्ने धारणा राखेका हुन्। ढिलाई गर्दै गए उनको बर्हिगमन अपमानजनक हुनेसक्ने समेत बताए।

पौडेलले न्यायालयसँग वर्तमान गठबन्धनले सेटिङ गरेको आरोप समेत लगाएका छन्। थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell