PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको भिड



पहिलोपोस्ट

टक्सार महाशाखामा सुन र चाँदीको असर्फी किन्नेको भिड
तस्विरहरु : न्यूज एजेन्सी नेपाल

काठमाडौं : आज धन त्रयोदशी व्रत, धनवन्तरी जयन्ती। आज धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। त्यही भएर आज काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असनलगायतका बजामार भिडभाड छ।

बजारमा मात्रै होइन आज बिहानैदेखि बबरमहलस्थि टक्सार महाशाखामा पनि भिड लाग्यो। सुन र चाँदीको असर्फी किन्न बिहानै देखि मानिसहरु लाइनमा बसेका थिए।  

महाशाखाले सुन र चाँदीको सिक्कको सिक्का किन्नका लागि कोटा निर्धारण गरेको थियो। निर्धारित कोटाभन्दा बढी संख्यामा मानिसहरु बबरमहल पुगेका थिए। सुनको असर्फी सकिएपछि चाँदीकै असर्फी लिनका लागि भएपनि मानिसहरु लाइनमा बसेका थिए।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell