
विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्रीका रुपमा राजेन्द्र राईले सपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ प्यासीले राईलाई सपथग्रहण गराएका हुन्। भीम आचार्यले राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
राई प्रदेश १ का तेस्रो मुख्य मन्त्री हुन्। पहिलो मुख्यमन्त्री शेरधन राईले पार्टी एकताका लागि भन्दै राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका थिए।
प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई आर्थिक मामिला मन्त्री, नेपाली कांग्रेसका हिमाल कार्कीलाई भौतिक पूर्वाधार मन्त्री, जसपाका जयराम यादवलाई सामाजिक विकास मन्त्री, नेपाली कांग्रेसका केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री नियुक्त गरिएको छ।
यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुमबाहाम्फे सामाजिक विकास राज्य मन्त्री नियुक्त गरिएको छ।