PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

ग्लास्गोमा देउवा र मोदीबिच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल



पहिलोपोस्ट

ग्लास्गोमा देउवा र मोदीबिच भेटवार्ता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप२६) अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ।

कोप२६ को साइडलाइनमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय भेटवार्ता भएको छ। हिजो सम्मलेनका क्रममा दुई नेताबिच अनौपचारिक कुराकानी भएको थियो। आज दुई नेताबिच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई नेताबिच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सीमा विवादपछि दुई देशका प्रधानमन्त्रीबिच पहिलोपटक भेट भएको हो। नेपालले लिम्पियाधुरा क्षेत्रसहितको नक्सा सार्वजनिक गरेपछि भारत र नेपालबिच प्रधानमन्त्रीस्तरमा वार्ता हुनुपर्ने माग उठ्दै आएको थियो। तर, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबिच प्रत्यक्ष भेट भएको थिएन। आजको भेटमा सीमा विवाद बारे कुरा उठेको वा नउठेको विषयमा केही सार्वजनिक गरिएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell