PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

आफूलाई पाण्डवको संज्ञा दिँदै प्रचण्डलाई ओलीको जवाफ : कुरुक्षेत्रको युद्ध कौरवहरुले जितेको होइन



पहिलोपोस्ट

आफूलाई पाण्डवको संज्ञा दिँदै प्रचण्डलाई ओलीको जवाफ : कुरुक्षेत्रको युद्ध कौरवहरुले जितेको होइन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई कुरुक्षेत्र बनाउन खोजेको आरोप लगाएका छन्। 

प्रचण्डले केही दिनअघि चितवन कुरुक्षेत्र बन्ने बताएका थिए। ओलीले चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डको उक्त अभिव्यक्तिको जवाफ दिएका हुन्।

ओलीले कुरुक्षेत्र युद्ध कौरवहरुले नजितेको बताउँदै आफूहरु पाण्डव भएको संज्ञा दिए।

'कुरुक्षेत्रै बनाउन खोजेको हो भने कौरवहरुले जितेका थिएनन् पाण्डवहरुले युद्ध जितेका थिए। जसले युद्ध चाहेका थिए उनले जितेका थिएनन्,' उनले भने।

उनले चितवन माडी अब मणि बन्ने भन्दै आफूले धर्म सम्बन्धी कुरा गरेकोमा विरोध जनाउनेलाई आफूले गरेको विकास हेर्न अनुरोध गरे। उनले आफू भौतिकवादलाई मान्ने नेता भएपनि विकासवादी नेता भएको दाबी गरे।

'कसैले मलाई भन्लान राजनीति गर्ने मान्छे भौतिकवादी मान्छे तर मलाई देश विकास गर्नुछ। दर्शनशास्त्रको छलफल गरौँला,' उनले भने।

ओलीले आफू सरकारमा हुँदा रामको मूर्ति बनाउन लगाएको भन्दै माडीलाई नेपालको पहिलो पर्यटकीय गन्तव्य बनाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell