PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

तिहारमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने, यस्तो छ स्थानीय प्रशासनको निर्देशन



पहिलोपोस्ट

तिहारमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने, यस्तो छ स्थानीय प्रशासनको निर्देशन

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ। कोभिड–१९ को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले देउसी भैलो तथा नाचगान कार्यक्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ। 

मंगलबार सूचना जारी गर्दै स्थानीय प्रशासनले सार्वजनिक यातायात र जनजीवनलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न पनि आग्रह गरेको छ। 

यस्तै, मठ, मन्दिर, गुम्बा लगायतको पूजापाठ स्थलमा भीडभाड नगर्न पनि आग्रह गरेको छ। पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थ उत्पादन ओसारपसार र बिक्री बितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell