PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित, बार्सिलोना दोस्रो स्थानमा



पहिलोपोस्ट

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सानदार जित, बार्सिलोना दोस्रो स्थानमा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ई' को खेलमा जर्मन क्बल बायर्न म्युनिखले पोर्चुगिच क्लब बेनफिकामाथि सहज जित निकालेको छ।

एलिनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली बायर्नले बेनफिकामाथि ५-२ गोलअन्तरले जित निकालेको हो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दा सर्ज गनब्री र लेरोए सानेले १/१ गोल गरे।

खेलको २६ औं मिनेटमा लेवान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्नका लागि ३२ औं मिनेटमा गनब्रीले दोस्रो गोल गरेका थिए। उता बेनफिकाका मोराटोले ३८ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा बायर्न २-१ ले अघि रह्यो।

दोस्रो हाफमा सानेले बायर्नको स्कोर अघि बढाए। उनले खेलको ४९ औं मिनेटमा गोल गर्दा लेवान्डोस्कीले ६१ औं मिनेटमा गोल थपे। उता बेनफिकाका डार्विन नुनेजले ७४ औं मिनेटमा गोल फर्काए भने बायर्नका लेवान्डोस्कीले ८४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

त्यस्तै गएराति नै सम्पन्न समूह 'ई'कै खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किइबमाथि जित निकालेको छ। एनएससी ओलम्पिस्की स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बार्सिलोनाको जितमा अंशु फाटीले ७० औं मिनेटमा निर्णायक गोल गरे।

योसँगै समूह ई मा ४ खेलबाट १२ अंक जोडेर अपराजित बायर्न शीर्षस्थानमा छ समान खेल खेलेर दुई जित र दुई हार ब्यहोरेको बार्सिलोना ६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा ४ अंक जोडेको बेनफिका र १ अंक जोडेको डाइनामो तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell