PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

ढकमक्क सयपत्री : ड्रोनबाट यस्तो देखियो इचंगु क्षेत्र

ढकमक्क सयपत्री : ड्रोनबाट यस्तो देखियो इचंगु क्षेत्र

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहार लागेसँगै नागार्जुना नगरपालिकाको इचंगुका केही क्षेत्र मनमोहक देखिन थालेको छ। तिहारका लागि लगाइएको सयपत्री ढकमक्क फुल्दा यहाँका दृश्य लोभलग्दो देखिन थालेको हो।

अहिले यहाँका फूल कृषकलाई फूल टिप्न भ्याइनभ्याई छ। तिहारको माहोल शुरु भइसकेकोले बजारमा बेलैमा फूल पुर्‍याउनुपर्ने हुन्छ। त्यसैले उनीहरु बिहानै फूलबारी पस्छन्। फूल टिप्छन्। कोही माला उनेर बजार पुर्‍याउने तयारमा बस्छन्।

यसपटक बेमौसमी झरीले भने फूल खेतीमा असर गरेको व्यवसायी सरिता तामाङले गुनासो गरिन्। ४ रोपनीमा लगाएको सयपत्री फूलमा कात्तिके झरीले ठूलो नोक्सान गरेको उनले बताइन्। 'यसपाली बेमौसमी कातिके झरीले गर्दा ठूलो नोक्सान भएको छ। फूल आधीजस्तो  कुहियो। नाफा त के साँवा पनि न आउने हो कि,' चिन्तामा थिइन् सरिता।



ट्रेन्डिङ पोस्ट

Ncell