PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

टी २० विश्वकपमा आज दुई खेल : जितविहीन भारतलाई अफगानिस्तानको चुनौती



पहिलोपोस्ट

टी २० विश्वकपमा आज दुई खेल : जितविहीन भारतलाई अफगानिस्तानको चुनौती
Photo: BCCI

आईसीसी टी २० विश्वकप अन्तर्गत आज दुईवटा खेल हुँदैछन्। पहिलो खेलमा समूह 'बी' मा रहेका न्युजिल्याण्ड र स्कटल्याण्ड भिड्नेछन्। दिउँसो पौने ४ बजे हुने खेलमा जित निकाल्दै न्युजिल्याण्ड सेमिफाइनलको समीकरणमा कायम रहन चाहन्छ भने स्कटल्याण्ड प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा रहनेछ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा भारत र अफगानिस्तान आमनेसामने हुनेछन्। पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो जित निकालेको भारत आजको खेलमा अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने समीकरणमा कायम रहन चाहन्छ। अर्कोतर्फ तीन खेलमध्ये दुईवटामा जित निकालेको अफगानिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलको नजिक पुग्न चाहन्छ।

समूह 'बी' मा ४ खेलबाट सबै खेलमा जित निकालेर पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने दोस्रो स्थानमा रहेको अफगानिस्तानले ४ अंक, तेस्रो र चौथो स्थानमा रहेका न्युजिल्याण्ड र नामिबियाले समान २ अंक जोडेका छन्। अंकतालिकाको पुछारमा रहेका भारत र स्कटल्याण्डले समान दुई खेलमा पराजित हुँदा अंकविहीन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell