PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

कुकुरलाई भत्ता मासिक एक लाख रुपैयाँ भन्दा धेरै ! काम सुरक्षा गार्डको, मिसन चाहिँ शान्ति सेनाको



पहिलोपोस्ट

कुकुरलाई भत्ता मासिक एक लाख रुपैयाँ भन्दा धेरै ! काम सुरक्षा गार्डको, मिसन चाहिँ शान्ति सेनाको

काठमाडौं : तिहारका क्रममा आज धेरैले कुकुरको पूजा गरे, ढोगे पनि। अरु दिन दुत्कार्नेहरु पनि आज कुकुरको पूजा गर्न तल्लिन रहे। मानिससँग सबैभन्दा धेरै नजिकिने प्राणी कुकुर सुरक्षाका लागि पनि उत्तिकै परिचालन हुँदै आएको छ। अपराध अनुसन्धानमा मात्र होइन देशको सुरक्षा र सेनाको शान्ति मिसनमा समेत कुकुरको सहयोग लिइँदै आएको छ। 

हो, नेपालबाट खटिने शान्ति मिसनमा नेपाली तालिम प्राप्त कुकर प्रयोग हुँदै आएका छनन्। 

नेपाली सेनाले अनुसन्धान र सुरक्षामा अब्बल मानिएका कुकुरलाई १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको छ। हालसम्म नेपालबाट १३ वटा कुकुर शान्ति मिसनमा पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ।

नेपाली सेनाले  द्वन्द्वरत देशहरुमा हातहतियार तथा विष्फोटक पदार्थ तथा सुरक्षा गार्डका लागि कुकुरहरुको प्रयोग गर्दै आएको छ। २०५९ सालमा सान र गामिनी नामक दुईवटा कुकुरलाई मिसनमा पठाइएको थियो। प्रहरी तथा सेनाको तालिमप्राप्त कुकुर अनुसन्धानमा अब्बल मानिन्छ। 

लाइबेरिया र लिवियामा खटिएका शान्ति सैनिकको सहयोगमा लागि नेपालबाट हालसम्म १३ वटा कुकुरलाई पठाइएको नेपाली सेनाले जानकरी दिएको छ।

कुकुरलाई तालिम गराउँदा नामाकरण गरिएको हुन्छ। बोलाउन र चिन्न सजिलो हुनेगरी कुकुरको नाम राखिएको हुन्छ। नेपाली सेनाको रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले शान्ति सैनिकलाई लिवियामा शान्ति स्थापना गर्न सहयोग गर्दै आएका थिए।

नेपाली सेनाले पछिल्लो पटक असोज १४ गते किलो नाम गरेको कुकुर पठाएको थियो। त्यस्तै, लिवियाबाट माइकल नामक कुकुरलाई फिर्ता ल्याइएको छ। अहिले माइकललाई सेनाले भैरव बाहन गुल्ममा राखिएको जानकारी दिएको छ।

नेपाल सरकारले २०५५ सालमा सेनामा तालिम प्राप्त कुकुर रख्ने निर्णय गरेको थियो। त्यसपछि सेनाले भारतबाट जर्मन सेफर्ड र लेब्राडोरको ६ वटा कुकुर ल्याएको थियो। अहिले सेनासँग २३ वटा सेफर्ड, ५५ वटा लेबाराडोर, ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइजको एउटा बच्चा रहेको छ।

तालिम प्राप्त कुकुरलाई दैनिक तालिम र खानाको व्यवस्था स्वभाविक हो। कति लाग्छ त कुकुरको खान्कीमा?

एउटा कुकुरका लागि एक दिनमा औशत हिसाब गर्दा ३ सय ७३ रुपैयाँ खर्च हुने नेपाली सेनाले जानकारी दिएको छ। शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा जाने कुकुरले भने एक पटकमा ८ सय ९० अमेरिक डलरसम्म भत्ता पाउने गरेको छ। त्यस्तै, खोज तथा उद्धारमा खटिने कुकुलाई भने प्रति महिना ९ सय ९५ अमेरिकी डलर भत्ता समेत दिइने गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell