PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोप२६ मा नआएको भन्दै बाइडेनद्वारा चीन र रसियाका राष्ट्रपतिको आलोचना



पहिलोपोस्ट

कोप२६ मा नआएको भन्दै बाइडेनद्वारा चीन र रसियाका राष्ट्रपतिको आलोचना
Photo : Kevin Lamarque/Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रसियाको आलोचना गरेका छन्। स्कटल्याण्डमा जलवायुसम्बन्धी कोप२६ सम्मेलनमा सहभागी नभएको प्रति इंगित गर्दै बाइडेनले चीन र रसियाको आलोचना गरेका हुन्।

कोप२६ सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन विश्वका लागि ठूलो मुद्दा भएको तर चीन र रसिया त्यसबाट टाढिएको आरोप लगाएका हुन्।

स्कटल्याण्डको ग्लास्गोमा आयोजित कोप२६ सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादमीर पुटिन उपस्थित भएका थिएनन्। सम्मेलनम १२० भन्दा बढी देशका राष्ट्र र सरकार प्रमुख पुगेका थिए।

सम्मेलनमा विश्वका नेताहरुले जलवायु परिवर्तनको असर कम गर्न संयुक्त रुपमा काम गर्ने र सन् २०३० सम्म वन विनाश रोक्ने सहमति गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell