PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

समाजवादीलाई एमालेजस्तो बन्न दिनुहुन्न : मुख्यमन्त्री पाण्डे



पहिलोपोस्ट

समाजवादीलाई एमालेजस्तो बन्न दिनुहुन्न : मुख्यमन्त्री पाण्डे

काठमाडौं : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विकासका लागि युवाहरुलाई अगाडि बढाउनुपर्ने बताएका छन्। पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित कार्यक्रममा भर्खरै प्रदेशको कमान सम्हालेको पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताए।

मुख्यमन्त्री पाण्डेले नेपालमा आय आर्जनको श्रोत पर्याप्त रहेको दावी पनि गरे। विश्वका २ सय भन्दा बढी देशहरुमा उत्पादन हुने वस्तु नेपालमा पनि बनाउन सकिने उनको तर्क थियो। त्यसैका आधारमा नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।

‘क्षमता बेचेर, सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो। हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिव भएका छौँ,' पाण्डेले भने, 'पैसाले हुने भए सगरमाथा युरोप तिरै जन्माउँथे, यहाँ चढ्न किन आउँथे? ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायका नेता नेपालमै छन् - पशुपतिनाथ र गौतम बुद्ध।'

मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमाले जस्तो बनाउन दिनु नहुने पनि बताए। जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने मुख्यमन्त्री पाण्डेको तर्क थ यो। सबैभन्दा ठूलो जनता भएको र जनताले माया गरुन्जेल राजनीतिक पार्टीहरु ठूलो रहने तर्क गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell