PahiloPost

Jul 3, 2024 | २० असार २०८१

प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन, बाराको सभापतिमा चौरसिया र यादवबिच प्रतिस्पर्धा



पहिलोपोस्ट

प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन, बाराको सभापतिमा चौरसिया र यादवबिच प्रतिस्पर्धा

वीरगंज : प्रदेश २ मा छठपछि कांग्रेसको वडा अधिवेशन हुने भएको छ। पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले आगामी मंसिर २७ गतेदेखि ३० गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।

महाधिवेशन अघि वडादेखि जिल्ला अधिवेशन हुन नसकेको ठाउँमा पनि निर्वाचनको लागि मिति तय भइसेको छ। जसअनुसार अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन गर्ने कार्यतालिका छ। त्यसैगरी,कात्तिक ३० गते पालिका अधिवेशन र मंसिर ३ गते जिल्ला अधिवेशन हुन बाँकी रहेका सबै जिल्लामा जिल्ला अधिवेशनको कार्यक्रम रहेको छ।

प्रदेश २ को आठ जिल्ला मध्ये रौतहट बाहेक सात जिल्ला (पर्सा, बारा, सर्लाही, महोत्तरी, धुनषा, सिरहा र सप्तरी) गरी ७ जिल्लाको नयाँ क्रियाशील सदस्यहरुको नमावाली आएको नेपाली कांग्रेस प्रदेश २ समितिले जनाएको छ। कात्तिक २७ गतेदेखि सात वटै जिल्लामा वडा अधिवेशन सुरु गर्ने तयारीमा भइरहेको छ। छठ पश्चात २७ गते शनिवारको दिन वडा अधिवेशन गरी बाँकी अधिवेशन तोकिएकै दिनमा गर्ने तयारी छ।

नेपाली कांग्रेस बाराका सभापतिमा दुई जनाबिच कडा प्रतिस्पर्धा हुने नेताहरुको भनाई छ।

सभापतिमा तीन-चार जना आकांक्षी रहेपनि अन्त्यमा वर्तमान सभापति जयचन्द्र चौरसिया र रामानन्द यादवबिच जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने बताइएको छ। दुवै नेता बाराको कांग्रेसमा योगदान पुर्‍याएका बारा क्षेत्र नं ४ कै बासिन्दा हुन्। दुवै नेता प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।

बारामा चार वटा निर्वाचन क्षेत्रमा पहिले ८ हजार क्रियाशील सदस्य रहेकोमा यसपाली एक हजार थप भएर करिब ९ हजारको हाराहारीमा सदस्यहरुको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell