काठमाडौं : सर्वोच्च अदालतको ९ वटा इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ। एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मंगललबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणको मद्दा हेर्ने गरी ९ वटा इजलास तोकेका हुन्। ती मध्ये ६ वटा संयुक्त र दुईवटा एकल छन्। इजलासमा सुनुवाइसमेत सुरु भइसकेको छ। जबराले आफूलाई भने इजलास तोकेका छैनन्।
न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै सुनुवाइ गर्न अस्वीकार गर्दै आएका थिए। जसकारण कात्तिक ८ गते सोमबारदेखि मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको थियो।
सर्वोच्च र नेपाल बार एशोसिएसनमा वकिलहरुले जबराको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन्। सर्वोच्च अदालतमा भएको मुद्दाको सुनुवाइ प्रभावित भएको आज नौ दिन पुगेको छ। अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् ।
