PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

न्यायाधीशहरुबाट न्यायापालिका प्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल बन्द होस् : डिएलए



पहिलोपोस्ट

न्यायाधीशहरुबाट न्यायापालिका प्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल बन्द होस् : डिएलए

काठमाडौं : नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट भएर उभिन आह्वान गरेको छ। डिएलएले आज प्रेस विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरेको हो।

'अन्तर्राष्ट्रिय तहमा हाम्रो न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आज पर्यन्त गौरवपूर्णरुपमा छ। सो साख जोगाउँदै यस विषम् परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णीम इतिहासलाई जोगाउन अघि बढौँ', विज्ञप्तिमा भनिएको छ ।

यस्तै न्यायलयमा भागवण्डा र सेटिङको कुरा उठ्नु निकै दु:ख रहेको भन्दै डिएलएले यस्ता गतिविधिमा संलग्न हुनेहरु माथि कारवाही हुनुपर्ने बताएको छ।

डिएलएले न्यायाधीशहरुले जनतालाई कुनै पनि बहानामा न्याय पाउने अधिकारबाट बञ्चित पार्न नहुने समेत भनेको छ।

'माननीय न्यायाधीशहरुज्यूबाट कुनै पनि बहानामा न्यायापालिका प्रतिको जनआस्थामा खलल पुग्ने कार्य तत्काल बन्द होस्' विज्ञप्तिमा उल्लेख छ।  

त्यस्तै, न्यायपालिकाभित्र रहेको विकृति, विसङ्गति, भ्रष्टाचार समाप्त गर्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशीघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपिल गरेको छ।

डिएलए नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell