PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सरकारले स्थायित्व धराशायी बनाएको एमालेको आरोप, तीनै तहको चुनावमा गइहाल्नुपर्ने माग



पहिलोपोस्ट

सरकारले स्थायित्व धराशायी बनाएको एमालेको आरोप, तीनै तहको चुनावमा गइहाल्नुपर्ने माग

काठमाडौं : सरकारले मुलुकको राजनीतिक स्थायित्वलाई धराशायी बनाएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगाएको छ। पार्टीको दशौं महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाइएको हो।

एमालेले तत्काल ताजा जनादेशमा जानुको विकल्प नरहेको समेत प्रष्ट्याएको छ। साथै दावी गरेको छ - तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्छ।

संसदमा भएका विधेयकलाई फिर्ता गरेर अध्यादेशमार्फत् मुलुक चलाउन खोजेको आरोप पनि एमालेले लगाएको छ। उसले संसदलाई सरकारले छायाँ सरकार बनाएको गम्भीर आरोप समेत लगाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell