PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

भक्तपुरमा सेनाको कुकुरको सशक्त प्रस्तुती : फूलको ढक्की ओसार्नेदेखि बन्दुकसँगै भिड्नेसम्मका दृश्यहरु

भक्तपुरमा सेनाको कुकुरको सशक्त प्रस्तुती : फूलको ढक्की ओसार्नेदेखि बन्दुकसँगै भिड्नेसम्मका दृश्यहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


भक्तपुर : आज सुरक्षा प्रयोगमा ल्याइएका कुकुरहरुले भक्तपुरमा नेपाली सेनाका जवानसँगै आफ्नो प्रस्तुती दिए। 

मानिससँग सबैभन्दा वफादार जनावर मानिने कुकुरको पूजा सबैतिर गरिएको छ। भक्तपुरको पूजा भने केही फरक देखियो। सुरुमा सेनासँगै कुकुरले प्रस्तुती दिए। फूलको ढक्की ओसार्नेदेखि, आगो लागिरहेको रिङभित्रबाट सकुशल छिर्ने कौशल देखाउनेसम्मका गतिविधि हेर्न लायक थिए।

युद्धभूमिमा लड्दाको 'अभिनय' पनि कुकुरले राम्रोसँग देखाए। त्यसो त शान्ति सेनामा समेत नेपाली सेनाले कुकुरको परिचालन गरिरहेको छ।

त्यसैले चोर समात्नेदेखि बम निस्तेज गर्ने कार्यमा जसरी सुरक्षा निकायले सेनाका कुकुर खटाउँछ त्यसको डेमो पनि भयो। उद्धारका गतिविधि र घाइतेको उपचारका क्रममा पनि कुकुरहरु कसरी परिचालन हुन्छन् भन्ने देखाइएको थियो।

नेपालमा तालिम पाएका कुकुरहरुलाई शान्ति सेना स्थापनार्थ खटाइने गरिन्छ। त्यसैको झल्को दिनेगरी रमाइलो कार्यक्रम सेनाले आयोजना गरेको थियो। हेर्नुस् :



ट्रेन्डिङ पोस्ट

Ncell