PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

वाग्मती प्रदेश कार्यालयमा रहेका ६ वटा कुकुर, सबैको छुट्टाछुट्टै विधा



निशा गुरुङ

वाग्मती प्रदेश कार्यालयमा रहेका ६ वटा कुकुर, सबैको छुट्टाछुट्टै विधा

हेटौंडा : नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा कुकुरको प्रयोग गरेको ५ दशक नाघिसकेको छ। २०२६ सालमा नेपाल प्रहरीले पहिलोपटक विदेशबाट ४ वटा कुकुर नेपाल भित्र्याएको थियो। अपराध अनुसन्धानमा कुकुरको प्रयोग व्यवस्थित गर्न थालेको भने २०३२ सालदेखि हो।

पछिल्लो समय भएका आपराधिक गतिविधिमा अनुसन्धानका लागि कुकुरको माग बढी छ। कुकुरको  प्रयोगबाट गरिएका अनुसन्धान सफल समेत भएका छन्। हाल नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरको प्रयोग हुँदै आएको छ। कुकुरले पनि प्रहरीको ‘बेस्ट फ्रेन्ड’ बनेर यी कार्यहरुमा सघाउँदै आइरहेको छ।

वाग्मती प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा २०६९ साल वैशाख १८ गतेबाट ३ वटा कुकुरहरू ल्याई सेवा सुरु गरिएको थियो। शाखामा हाल विभिन्न ३ विधाका ६ वटा तालिमप्राप्त कुकुरहरू रहेका छन्। कुकुरको व्यवस्थित परिचालन, रेखदेख, तालिम र बासस्थानको उचित व्यवस्थापनको लागि प्रहरी नायव निरिक्षकको कमाण्डमा ९ जना प्रहरी कर्मचारी परिचालित रहेका छन्।

शाखामा कुकुरलाई विषयगत रुपमा छुट्टाछुट्टै प्रकारका तालिम दिनुका साथै अभ्यास गराउँदै आईएको छ। तीन महिनाको आधारभूत तालिम दिएपछि कुकुरको क्षमताअनुसार विधा छुट्याएर अनुसन्धानमा लगाउने गरिन्छ।

हाल वाग्मती प्रदेश प्रहरी कार्यालयमा हत्या, अपहरण,  बलात्कारजस्ता घटनाको अनुसन्धानको लागि प्रयोग गरिने 'ट्याकर डग', बम, बारुद लगायतका बिस्फोटक पदार्थ पत्ता लगाउने 'एस्प्लोसिभ डग' र गाँजा, चरेशजस्ता लागु औषध पत्ता लगाउने 'ड्रग्स एण्ड सर्च डग' गरी ३ विधाका २-२ वटा गरी ६ वटा कुकुर रहेका छन् ।

ज्याक र रकी

जर्मन सेफर्ड प्रजातिका यी दुवै भा0ले कुकुर ‘ट्याकर डग’ हुन्। जसमध्ये ज्याक ८ वर्षको छ भने रकीको उमेर १ वर्षमात्र भएको छ। रकी भर्खेरै आफ्नो तालिम सम्पन्न गरी कार्य सम्पादनको लागि योग्य भएको हो। सुजिता भण्डारीको मृत्यु प्रकरणलगायतका दर्जनौँ घटनाको अनुसन्धानमा प्रहरीको सहयोगी भएर यी कुकुरहरुले काम गरिसकेका छन्।

टाईगर र ब्रुनी

जर्मन सेफर्ड नश्लका यी दुई कुकुर ‘एस्प्लोसिभ डग’ हुन्। ५ वर्षको टाईगर भाले प्रजातीको कुकुर हो भने १ वर्षे ब्रुनी पोथी प्रजातिको हो। ब्रुनी पनि भर्खरै आफ्नो तालिम सम्पन्न गरी कार्य सम्पादनको लागि योग्य भएको कुकुर हो।

वाग्मती प्रदेशमा विशीष्ट तथा अति विशीष्ट व्यक्तिको आगमन हुँदा तथा प्रदेश सभा चलेको समयमा सुरक्षार्थ यी कुकुरहरुको प्रयोग हुँदै आईरहेका छन्। यसका साथै दीपावलीको समयमा हुनसक्ने पटाका तथा अन्य विस्फोटक पदार्थको ओसारपसार रोकथाम गर्ने उद्देश्यका साथ प्रदेशका विभिन्न स्थानहरुमा रहेका अस्थायी तथा स्थायी चेकपोष्टहरुमा समेत यी कुकुर परिचालित हुँदै आएका छन्।

शेरे र जोन

शेरे वाग्मति प्रदेश प्रहरी कार्यालयको केनाईन शाखामा रहेको एकमात्र ल्याब्रोडर प्रजातिको कुकुर हो भने जोन जर्मन सेफर्ड प्रजातीको कुकुर हो। भाले प्रजातीका यी दुई कुकुरमा शेरे ३ वर्षको छ भने जोन ५ वर्षको छ। यी दुवै कुकुर ‘ड्रग्स एण्ड सर्च डग’ हुन्।

गाँजा, चरेशजस्ता लागु औषधको ओसारपसार नियन्त्रणमा प्रहरीलाई सहयोग गर्नु यिनीहरुको मुख्य कार्य हो। विभिन्न समयमा हुन लागेका लागु औषध तस्करीका घटनालाई पत्ता लगाई यसको नियन्त्रणमा यी कुकुरहरुले प्रहरीलाई सहयोग गर्दै आईरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell