काठमाडौं : १५ दिनयता नेपाली महिला क्रिकेट टोलीका खेलाडीहरु कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा अभ्यासरत छन्। यूएईमा हुने महिला विश्वकप छनोटको तयारीमा रहेका खेलाडीहरु बन्द प्रशिक्षणमा जुटेका हुन्।
.jpg)
नेपाली टोलीले पछिल्लो समय दक्षिण एसियाली खेलकुदयता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन। यद्यपि यसबीचमा राष्ट्रिय प्रतियोगिताका रुपमा प्रधानमन्त्री कप र मेयर्स कप भने खेलेका छ्न्।
.jpg)
टोलीको प्रशिक्षण तिहारमा पनि जारी रहने नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले जानकारी दिए।
नेपालको खेल
२२ नोभेम्बर: नेपाल भर्सेस हङकङ
२३ नोभेम्बर: नेपाल भर्सेस भुटान
२५ नोभेम्बर: नेपाल भर्सेस कुवेत
२६ नोभेम्बर: नेपाल भर्सेस मलेसिया
२८ नोभेम्बर: नेपाल भर्सेस युएई

प्रशिक्षणमा रहेका खेलाडी
रुबिना क्षेत्री बेलबासे, डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवँर, अप्सरी बेगम, कविता जोशी, सङ्गिता राई
वैकल्पिक खेलाडी:
सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी
.jpg)
