PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

संवैधानिक निकायको नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने रिट प्रधानन्यायाधीशले पठाए संवैधानिक इजलासमा



पहिलोपोस्ट

संवैधानिक निकायको नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने रिट प्रधानन्यायाधीशले पठाए संवैधानिक इजलासमा

काठमाडौँः प्रधानन्यायाधीशको अनुपस्थितिमा संवैधानिक इजलास गठन हुनसक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासमा नै पठाइएको छ। संयुक्त इजलासमा विचाराधीन उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा सुनुवाइ गर्ने निर्णय गरेका हुन्। उक्त मुद्दामा यसअघि न्यायाधीश हरि फुयालको इजलासबाट अन्तरिम आदेश जारी भई संयुक्त इजलासमा पठाइएको थियो। 

फुयालको इजलासले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुने वा नहुने निक्र्यौल नभएसम्म संवैधानिक निकायमा पदाधिकारी नियुक्ति विवाद सुनुवाइको पेशी नतोक्न आदेश गरेका थिए। उक्त आदेशलाई न्यायिक प्रक्रिया अवरोध गर्ने आदेश भन्दै विरोध समेत गरिएको थियो। 

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले मुद्दा संवैधानिक इजलासमा पठाइएको बताए। दाहालले भने, ‘डा।गणेश रेग्मी र दीपकविक्रम मिश्रले दायर गरी संयुक्त इजलास मा विचाराधीन रिट सर्वोच्च अदालत ९संवैधानिक इजलास कार्य संचालन० नियमावली २०७२ को नियम १७९२० ख बमोजिम सम्माननीय प्रधानन्यायाधीशज्यूबाट संवैधानिक इजलासमा पठाउने भएको छ।’

अधिवक्ता डा गणेश रेग्मीले दायर गरेको उक्त रिट संवैधानिक इजलासमा पठाउन माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले निवेदन दिएका थिए। सो निवेदनलाई प्रशासनिक टिप्पणीबाट प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पठाएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell