A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699a97ac0c5318.45129587): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699a97ac0c5318.45129587,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

राति देउसी भैलो खेल्न नपाइने निर्णयप्रति कलाकारको आपत्ति, प्रशासन भन्छ : निर्णय एकदम ठिक छ
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

राति देउसी भैलो खेल्न नपाइने निर्णयप्रति कलाकारको आपत्ति, प्रशासन भन्छ : निर्णय एकदम ठिक छ



लक्ष्मी बलायर

राति देउसी भैलो खेल्न नपाइने निर्णयप्रति कलाकारको आपत्ति, प्रशासन भन्छ : निर्णय एकदम ठिक छ
फाइल फोटो।

काठमाडौं : तिहारमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने निर्णय सार्वजनिक भएसँगै यसको चौतर्फी आलोचना हुन थालेको छ। कलाकारहरुले जिल्ला प्रशासन कार्यालयको निर्णयको विरोध गरेका हुन्।

संगीतकार शम्भुजित बास्कोटा देउसी भैलोमा समय तोक्न नहुने बताउँछन्। प्रशासनको निर्णयप्रति बास्कोटा सन्तुष्ट छैनन्।

‘सबै क्षेत्र खुलिसकेका छन्। दिउँसो बजारमा त्यस्तै भीड छ। राति क्लबहरूमा पनि। कोरोनाकै कारण देखाएर यसरी राति देउसी भैलो खेल्न नदिनु ठिक होइन। कि त सबैलाई समान नियम हुनुपर्‍यो। तिहारमा देउसी भैलो खेल्नु हाम्रो परम्परा र संस्कृति हो। यसमा यति सारो नियम लगाउनु पर्ने म चाहिँ देख्दिनँ,’ उनले पहिलोपोस्टसँग भने।

बरु प्रशासनले विकृति हुन नदिन सुरक्षा अपनाउन सक्ने उनको भनाइ छ।कलाकार दीपकराज गिरीले पनि फेसबुकमा प्रशासनको निर्णयको विरोध गर्दै स्टाटस लेखेका छन्। अर्को वर्षदेखि सीडीओले सुरक्षा व्यवस्था मिलाउन गाह्रो भएकोले घर-घरमा गएर देउसी भैलो नखेली सिधै सीडीओ कार्यालयमा आएर खेल्न अनुरोध गर्न सक्ने भनेर उनले व्यङ्ग्य गरेका छन्।

 

कलाकार निर्मल शर्मा पनि प्रशासनको निर्णयको विरोधमा छन्। ९ बजेसम्ममात्र देउसी भैली खेल्न पाउने सरकारको नियम आफूले उल्लंघन गर्ने समेत उनले फेसबुकमा उल्लेख गरेका छन्।

 

त्यसैगरि, लोकदोहोरी गायक खेम सेन्चुरी पनि प्रशासनको निर्णयको विरोधमा छन्। सबै क्षेत्र खुलिसकेको बेला देउसी भैलो खेल्न भने समय तोक्नु उचित नभएको उनको भनाइ छ।

‘सबै क्षेत्र खुलिसकेका बेला यसरी देउसी भैलोमा समय तोकेर कोरोना थामिन्छ जस्तो लाग्दैन। माहोल बनिरहेको अवस्थामा यसरी जनतालाई तर्साउने काम गर्नु ठिक होइन। उहाँहरूले खै के सोचेर निर्णय बनाउनु भएको हो। चाडपर्वको समयमा यसरी नियम लगाउनुपर्छ भन्ने लाग्दैन। किनकि चाडपर्व हाम्रो संस्कार र संस्कृति पनि हो,’ उनले भने।

कोरोना महामारीकै कारण चाडपर्वमा समय तोक्नु उचित नभएको बताउँछन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी। राज्यको आफ्नै मापदण्ड हुने भएकाले आफूले दोष पाउने काम गर्न नसक्ने भएर यस्तो नियम बनाएको हुन सक्ने उनले बताए।

उनी भन्छन्, ‘वर्षमा एकचोटि आउने चाडपर्वमा शान्ति सुरक्षा अपनाएर खेल्न दिँदा हुन्थ्यो। दोहोरी साँझ र क्लब हाउसहरू रातिसम्म खोल्न पाउने तर देउसी भैलो खेल्न नपाउने भन्ने सुहाउँदैन। कोरोना सर्ने भए ९ बजे अगाडि पनि सरिहाल्छ नि। यो नियम खासै ठिक लागेको छैन। कि त सबैतिर एउटै नियम लगाउनुपर्‍यो।’

++++

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने कोरोनालाई दृष्टिगत गरेर सुरक्षाको हिसाबले यस्तो निर्णय गरिएको बताए।

‘कोरोनाको संक्रमण अहिले पनि छ। देउसी भैलो भनेको दिउँसो पनि खेल्न सकिन्छ। समय व्यवस्थापन गर्ने कुरा मात्रै हो। त्यसैले संस्कृति र परम्परालाई मध्यनजर गरेर नै यस्तो संक्रमणको बेला हामीले यो निर्णय गरेका हौँ,’ उनले भने।

कोरोना महामारीबीच गत वर्ष प्रशासनले तिहारमा देउसी भैलो खेल्न नपाइने नियम लगाएको थियो। तर, यस वर्ष भने राति ९ बजेसम्म मात्रै खेल्न पाउने नियम लगाएको छ।

सबैले परिस्थिति र सन्दर्भलाई बुझ्नुपर्ने अधिकारीको तर्क छ। भन्छन्, ‘देउसी भैलो भन्ने बित्तिकै प्रत्येक टोलटोलमा गएर खेलिन्छ। यसरी सबै ठाउँमा सबैले खेल्ने भएकाले यसमा समय व्यवस्थापन गर्न जरुरी हुन्छ। सुरक्षाको हिसाबले व्यवस्थित गरिएको हो। यसलाई नियन्त्रण गरिएको भन्न मिल्दैन। उहाँहरूले तोकिएको समयसम्म खेल्न पाउनुहुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell