PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा



पहिलोपोस्ट

एट्लेटिको मड्रिडलाई हराउँदै लिभरपुल अन्तिम १६ मा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा समूह 'बी' को खेलमा इङ्ग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको १३ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डको पासमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। फेरि, २१ औं मिनेटमा आर्नोल्डकै पासमा साडियो मानेले गोल गर्दै अग्रता दोब्बर बनाए। उता एट्लेटिकोका फिलिपेले लिभरपुलका खेलाडीलाई फउल गरेपछि रेड कार्ड ब्यहोरेका थिए। दोस्रो हाफमा दुबै टिमले गोल नगर्दा खेल लिभरपुलले २-० ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै समूह बी कै अर्को खेलमा इटालियन क्लब एसी मिलान र पोर्चुगिच क्लब पोर्टो १-१ को बराबरीमा रोकिएका थिए।

योसँगै समूहका चारवटा खेलमा लगातार जित निकालेको लिभरपुले १२ अंक जोड्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। त्यस्तै ५ अंक जोडेको पोर्टो दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो र एसी मिलान १ अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell