PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित



पहिलोपोस्ट

बेन्जेमाको दोहोरो गोलमा रियल मड्रिडको जित
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'डी'को खेलमा स्पेनिस क्लब रियल मड्रिडले युक्रेनी क्लब शख्तर डोनेस्कमाथि जित निकालेको छ। सान्टिआगो बर्नेभेउमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले शख्तरमाथि २-१ गोल अन्तरले जित निकालेको हो।

मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गरे।

खेलको १४ औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै बेन्जेमाले खेलमा अग्रता दिलाएका थिए। यद्यपि ३९ औं मिनेटमा शख्तरका डोस सान्टोस पेड्रोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बेन्जेमाले फेरि गोल थपे। खेलको ६१ औं मिनेटमा फेरि भिनिसियस जुनियरकै पासमा बेन्जेमाले निर्णायक गोल गरे।

त्यस्तै गएराति नै सम्पन्न समूह 'डी' कै अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले माल्डोभाको क्लब सिरिफमाथि ३-१ गोलअन्तरले जित निकालेको थियो।

योसँगै समूह 'डी' मा ४ खेलबाट ९ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ भने दोस्रो स्थानमा ७ अंक जोडेको इन्टर मिलान छ। त्यस्तै ६ अंक जोडेको सिरिफ तेस्रो र १ अंक जोडेको शख्तर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell