PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

म्यानचेस्टर सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'ए' को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले बेल्जियन क्लब ब्रुजमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ४-१ को फराकिलो अन्तरले जित निकालेको हो।

खेलको १५ औं मिनेटमा फिल फोडेनले सिटीलाई अग्रता दिलाए पनि लगत्तै १७ औं मिनेटमा जोन स्टोनले आत्मघाती गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा रियाद महरेजले सिटीलाई अग्रता दिलाए। उनले खेलको ५४ औं मिनेटमा गोल गर्दा ७२ औं मिनेटमा इल्के गुण्डोगनको पासमा रहिम स्ट्रलिङले गोल गरे। त्यस्तै इन्ज्युरी समयमा गाब्रियल जिससले गोल थप्दा सिटीले ४-१ गोलअन्तरले जित निकाल्यो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'ए'को अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब आरबी लाइपजिग २-२ को बराबरीमा रोकिए। रेडबुल एरेना लाइपजिगमा सम्पन्न खेलमा घरेलु टोली लाइपजिगले क्रिस्टोफर एनकुकुको गोलमा ८ औं मिनेटमा अग्रता बनाएको थियो। यद्यपि पीएसजीका जर्जिनिओ विनाल्डमले २१ र ३९ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा पेरिस २-१ ले अघि रह्यो। दोस्रो हाफपछि भने घरेलु टोलीले इन्ज्युरी समयमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्यायो। पेनाल्टीमा डोमिनिक एजजोबोसजाइले गोल गरेका थिए।

योसँगै सिटी ४ खेलबाट ९ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट ८ अंक जोडेको पीएसजी दोस्रो स्थानमा छ। त्यस्तो क्लब ब्रुज ४ अंक जोडेर तेस्रो र लाइपजिग १ अंक जोडेर तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell