PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कोइलाको प्रयोग रोक्न १९० राष्ट्र र संस्था सहमत : भारत, चीन, अमेरिका र अस्ट्रेलियाले गरेनन् हस्ताक्षर



पहिलोपोस्ट

कोइलाको प्रयोग रोक्न १९० राष्ट्र र संस्था सहमत : भारत, चीन, अमेरिका र अस्ट्रेलियाले गरेनन् हस्ताक्षर
Photo : Reuters / BBC

विश्वका १९० राष्ट्र तथा संस्थाहरुले कोइला प्रयोग रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्कटल्याण्डमा भएको कोप२६ सम्मेलनमा पोल्याण्ड, भियतनाम चिलीजस्ता कोइलाको धेरै प्रयोग गर्ने राष्ट्र लगायतले कोइलाको प्रयोग घटाउने सहमति जनाएका हुन्।

ती राष्ट्रहरुले सन् २०३० सम्म धनी राष्ट्र र २०४० सम्ममा कोइलामा आधारित उर्जाको प्रयोग अन्त्य गर्ने र कोइला प्रयोग हुने उत्पादनमा भइरहेको लगानी अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

जलवायु परिवर्तनका लागि कोइलाको अत्याधिक प्रयोग मुख्य कारण मध्ये एक हो।  

कोइलाको प्रमुख प्रयोग गर्ने राष्ट्रमा पर्ने भारत, चीन, अमेरिका र अस्ट्रेलियाले भने सहमति पत्रमा हस्ताक्षर गरेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell