युरोपियन संसदको पहिलो आधिकारिक प्रतिनिनिधि टोली ताइवानको ताइपेइ पुगेको छ। त्यहाँ पुगेको टोलीले ताइवानलाई 'एक्लै नभएको' सन्देश दिएको छ।
चीनको भूमिको रुपमा लिइँदै आएको ताइवानलाई विश्वका अधिकांश देशहरूले कुटनीतिक मान्यता दिएका छैनन्। युरोपेली देशहरुमा भ्याटिकन सिटी बाहेकका देशले ताइवानलाई मान्यता दिएका छैनन्। यद्यपी ताइवान भ्रमणमा पुगेको युरोपेली सांसदको टोलीले कुटनीतिक सम्बन्ध विस्तारको प्रयास गरेको रोयटर्सले जनाएको छ।
चिनियाँ जनमुक्ती सेनाले तावाइनको जलक्षेत्र तथा आकाशमा सैन्य अभ्यास जारी राखेका बेला युरोपेली सांसदको टोली ताइपेइ पुगेको हो।
'हामी यहाँ सामान्य, र स्पष्ट सन्देश दिन आएका हौँ- तपाईँहरु एक्लै हुनुहुन्न,' युरोपली संसदको फ्रान्सेली सदस्य राफेयल ग्लक्समनले फेसवुकमा प्रत्यक्ष प्रशारण गरिएको ताइवानका 'राष्ट्रपति' साइ इन वेसँगको भेटमा भनेका छन्, 'हाम्रो भेटलाई एउटा महत्त्वपूर्ण पहिलो कदमको रुपमा लिनुपर्छ।'
युरोपेली संसदको टोली नेताको रुपमा रहेका उनले ईयु-ताइवान साझेदारीका लागि उच्चस्तरी भेटका लागि ठोस ऐजेन्डा तय गर्ने उल्लेख गरे।
तीन दिने भ्रमण युरोपेली संसदको टोली प्रजातान्त्रिक प्रक्रियामा वैदेशिक हस्तक्षेपकको कडीको रुपमा आयोजना गरिएको हो।
भेटमा 'राष्ट्रपति' साइले चीनले ताइवानमा आफ्नो प्रभाव बढाउँदै लगेको भन्दै सुरक्षा एजेन्सीहरुलाई सहयोग गर्न आह्वान गरिन्।
उनले प्रजातान्त्रिक शक्तिबीच गठबन्धन बनाउनुपर्ने आशा व्यक्त गरिन्। 'मलाई विश्वास छ ताइवान र ईयुबीच आगामी दिनमा साझेदारीलाई विभिन्न पक्षमा अगाडि बढाइने छ,' उनले भनिन्।
