PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

भक्तपुर पुगेर प्रधानमन्त्री देउवाद्वारा शंखधरको शालिकमा माल्यार्पण, हेर्नुस् दृश्यमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गरेका छन्। शुक्रवार बिहान भक्तपुरको थिमिमा रहेको शंखधर चोक पुगेर प्रधानमन्त्री देउवाले शंखधरको शालिकमा माल्यार्पण गरेका हुन्।

उक्त अवसरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेको प्रधानमन्त्री देउवाले बताए।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा शंखधरलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको देउवाको भनाई थियो।

प्रधानमन्त्री देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वाससमेत गरेका छन्।

नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देशमार्फत देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे। देउवाले आझे ललितपुरको पाटनमा रहेको शंखधर साख्वाको प्रतिमामा फूलमाला अर्पण गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell