PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

टी २० विश्वकपमा आज दुई खेल: भारतलाई स्कटल्याण्डको चुनौती



पहिलोपोस्ट

टी २० विश्वकपमा आज दुई खेल: भारतलाई स्कटल्याण्डको चुनौती
Photo: AFP/Getty Images

आईसीसी टी २० विश्वकपमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'बी' का न्युजिल्याण्ड र नामिबिया भिड्दैछन्। शारजाह क्रिकेट स्टेडियममा हुने खेलमा ४ अंक जोडेको न्युजिल्याण्ड सेमिफाइनलको होडमा कायम रहन जित चाहन्छ भने पाकिस्तानसँग पराजयको बावजुत उत्कृष्ट प्रदर्शन गरेको नामिविया पनि सेमिफाइनलको समीकरणमा आफूलाई कायम राख्न चाहन्छ।

त्यस्तै आजै हुने दोस्रो खेलमा भारत र स्कटल्याण्ड प्रतिस्पर्धामा उत्रँदैछन्। तीन खेल खेलेर दुई अंक जोडेको भारत स्कटल्याण्डमाथि फराकिलो जित निकाल्दै सेमिफाइनलको सम्भावनालाई जीवित राख्न चाहन्छ। अर्कोतर्फ तीन खेलमा जितविहीन स्कटल्याण्ड सान्त्वना जितको खोजीमा हुनेछ।

भारत स्कटल्याण्डबीचको खेल दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पौने ८ बजे सुरु हुनेछ।

समूह बी मा पाकिस्तानले ८ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने समान ४ अंक जोडेका अफगानिस्तान र न्युजिल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै समान २ अंक जोडेका भारत र नामिबिया चौथो र पाँचौं स्थानमा रहँदा अंकविहीन स्कटल्याण्ड तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell